युरोपा लिग : जोटाको ह्याट्रिकमा उल्भ्सको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

युरोपा लिग : जोटाको ह्याट्रिकमा उल्भ्सको जित

jota

एजेन्सी, ९ फागुन । युरोपा लिगको नकआउट चरणको पहिलो लिगमा इंग्लिस क्लब उल्भर ह्याम्टन वान्डरर्सले स्पान्योलमाथि जित हात पारेको छ । अन्तिम ३२ को पहिलो लेगमा डिएगो जोटाले ह्याट्रिक गर्दा उल्भ्सले स्पान्योललाई ४–० ले पराजित गरेको हो ।

उल्भ्सको मैदानमा भएको खेलमा जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले युरोपा लिगको समूह चरणको अन्तिम खेलमा बेसिक्टासविरुद्ध ह्याट्रिक गरेका थिए । खेलको १५औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए । त्यस्तै ५२औं मिनटमा रुबेन नेभेसले गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाए । त्यसपछि ६७ र ८१औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई प्रभावशाली जित दिलाए । यो जितसँगै उल्भसको प्रिक्वार्टर फाइनलमा पुग्ने सम्भावना बढेको छ ।

युरोपा लिगको अर्को दाबेदार टोली इन्टरमिलानले बुल्गेरियाको लुदोगेरेट्सलाई २–० ले पराजित गरेको छ । बुल्गेरियामा भएको खेलमा एन्टोनियो कोन्टेको टोलीलाई जित दिलाउनका लागि क्रिष्टियन इरिक्सन र रोमेलु लुकाकुले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा इरिक्सनले लुकाकुको पासमा गोल गरेका थिए ।

लउटारो मार्टिनेजको स्थानमा लुकाकु मैदान प्रवेश गरेपछि इन्टरमिलानको खेल सुधारिएको थियो । खेलको अन्तिम समयमा लुकाकुले गोल गर्दा इन्टरमिलानले सहज जित निकाल्यो ।

inter milan

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);