न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टमा भारतको खराब सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टमा भारतको खराब सुरुवात

newzealand vs india

एजेन्सी, ९ फागुन । न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा भारतले खराब सुरुवात गरेको छ । न्युजिल्याण्डको विलिङटनमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर १ सय २२ रन बनाएको छ ।

भारतका अजिंका रहाने ३८ र ऋषब पन्त १० रनमा अविजित रहदा पहिलो दिनको खेल सकिएको छ । घरेलु टोलीका बलर चम्किएपछि भारतका सुरुवाती ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् ।

भारतका मायांक अग्रवाल ३४ ,पृथ्वी श १६ चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा आउट भए । न्युजिल्याण्डका केली जेमिसनले ३ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);