भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्टेलिया ८ विकेटले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्टेलिया ८ विकेटले विजयी

एजेन्सी, ४ पुष । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्टेलिया ८ विकेटले विजयी भएको छ । अष्ट्रेलीयाको एडिलेडमा शनिबार भारतको दोस्रो पालो जम्मा ३६ रनमा समेटेर अस्ट्रेलियाले जितका लागि पाएको ९० रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको हो ।

तेस्रो दिनको पहिलो सत्रमै अष्ट्रेलियाले भारतलाई ३६ रनमा सेमेटेको हो । निकै खराब व्याटिङ गरेको भारत विरुद्ध अष्ट्रेलियाका जोस हेजलहुडले पाँच तथा प्याट कुमिन्सले चार विकेट लिए । दोस्रो पारीमा भारतका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भारतका मयंक अग्रवालले सर्वाधिक ९ रन बनाए । जितका लागि ९० रन पछ्याएको अष्ट्रेलीयाका म्याथ्यु वेड ३३ र मार्कस लाबुेस्चग्ने ६ रनमा आउट भए । जो बन्र्स ५१ र स्टेभन स्मिथ १ रनमा नटआउट रहेर अष्ट्रेलीयाले जित हात पारेको हो ।

टेष्ट क्रिकेटको इतिहासमा भारत एउटा पालो कम रनमा अलआउट भएको यो पहिलो पटक हो । यो खेलमा भारतको दोस्रो पालो मात्र २१ ओभर दुई बलमा ३६ रनमा समेटिएको हो । यो टेष्टको पहिलो पालोमा भारतले २ सय ४४ रन र अष्ट्रेलियाले १ सय ९१ रन बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);