भारतविरुद्धको तेस्रो टेष्टमा अस्ट्रेलियाको बलियो सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतविरुद्धको तेस्रो टेष्टमा अस्ट्रेलियाको बलियो सुरुवात

एजेन्सी, २३ पुष । भारतविरुद्धको ४ मध्ये तेस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ । अष्ट्रेलीयाको सिड्नीमा बिहीबार सुरुभएको तेस्रो टेष्ट क्रिकेटमा पहिलो दिनको खेल सकिदा अष्ट्रेलियाले २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ ।

वर्षाले प्रभावित यो टेस्टमा अष्ट्रेलियाका मार्नुस लेबासचेन्नीले ६७ र स्टिभ स्मिथले ३१ रनमा अविजित रहदा पहिलो दिनको खेल सकिएको हो । बर्षाका कारण पहिलो दिन ५४ ओभरको मात्र खेलहुँदा अस्ट्रेलियाका विल पुकोभ्सकीले ६२ रन र डेभिड वार्नरले ५ रन बनाए ।

भारतका मोहमद सिराज र पहिलो टेस्ट खेलिरहेका नाभदिप शैनीले १–१ विकेट लिए । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ टेष्टको यो क्रिकेट श्रृखला १–१ को स्थितीमा छ । पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटबाट तथा दोस्रो टेस्ट भारतले ८ विकेटले जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);