भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पालोमा घरेलु टिम इंग्ल्यान्ड संर्घषरत | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पालोमा घरेलु टिम इंग्ल्यान्ड संर्घषरत

एजेन्सी । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पालोमा घरेलु टिम इंग्ल्यान्ड संर्घषरत छ ।

इंग्ल्याण्डको लर्ड्समा जारी टेस्टको दोस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ । दोस्रो दिनको खेल सकिदासम्म पहिलो इनिङ्समा इंग्ल्यान्ड २ सय ४६ रनले पछि रहेको छ ।

पहिलो पालोमा २३ रन बनाउदा २ विकेट गुमाएर संकटमा परिसकेको इंग्ल्याण्डका लागि कप्तान जो रुट र रोरी बर्नस्ले पालो सम्हाल्न संघर्ष गरे । यी दुइले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गरेपछि घरेलु टोली कोही सम्हालीएको हो ।

यो टेष्टको पहिलो पालोमा भारतले ३ सय ६४ रन बनाएको छ । भारतका केएल राहुलले १ सय २९, रोहित शर्माले ८३ कप्तान विराट कोहलीले ४२ ,रविन्द्र जडेजाले ४० तथा ऋषव पन्तले ३७ रन बनाए । इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए ।

मार्क उड र ओली रोबिनसनले २÷२ विकेट लिए पाँच टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);