इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ ।

शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी ब्रेन्टफोर्डको मैदानमा २–० गोल अन्तरले पराजित भएको हो ।

ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । यस जितसँगै ७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।

उता जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ । बायर्न बोरुसिया मोन्चेनग्लाडबाखसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् । यसैगरी स्पेनी प्रिमेरा लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ ।

गेटाफेलाई १–० ले पराजित गर्दै भ्यालेन्सियाले नयाँ सिजनमा सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);