प्रधानमन्त्री देउवा र पूर्वकप्तान खड्काबीच भेट, खड्कालाई जिन्दगीको दोश्रो इनिङको लागि प्रधानमन्त्रीको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र पूर्वकप्तान खड्काबीच भेट, खड्कालाई जिन्दगीको दोश्रो इनिङको लागि प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

केही दिन अघि मात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खड्काले शनिबार प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता, नेपालीले नभुल्ने रोमाञ्चाक जीत र नेपालीहरुलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद दिएका छन् ।

साथै नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोश्रो इनिङमा पनि सफलता मिलोस् भन्दै देउवाले शुभकामना दिएका छन् । उनलाई सरकारको साथ र सहयोग सँधै रहने पनि उनले बताएका छन् ।

त्यसैगरी पूर्वकप्तान खड्काले आगामी दिनमा क्रिकेट क्षेत्रको विकासका लागि प्रधानमन्त्री देउवाको प्रतिवद्धताका धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);