प्रिमियर लिगमा आज सात खेल हुँदै, म्यानचेस्टर युनाईटेडले लिड्ससँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रिमियर लिगमा आज सात खेल हुँदै, म्यानचेस्टर युनाईटेडले लिड्ससँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न सात खेलहरु हुँदैछन् ।

प्रिमियर लिगमा आज म्यानचेस्टर युनाईटेड, लिभरपुल, चेल्सी, लेष्टर सिटी लगायतका क्लबको खेल रहेको छ ।

म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ । युनाईटेड र लिड्सबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । चेल्सी र क्रिस्टलबीचको खेल ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यस्तै लेष्टर उल्भ्ससँग प्रतिस्पर्धा गर्दा एभर्टनले साउथह्याम्पटनसँग खेल्नेछ । बर्नलीले ब्राइटनसँग र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने छ ।

लिभरपुलले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ । नर्विचको मैदानमाहुने खेल राति सवा १० बजे सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);