प्रिमियर लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रिमियर लिगमा आज तीन खेल हुँदै

एजेन्सी , २५ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न तीन खेल हुँदैछ । प्रिमियर लिगको शीर्ष चार स्थानमा रहनका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग खेल्नेछ ।

एस्टन भिल्लाको को मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा युनाइटेड जित निकाल्दै शीर्ष चार टोलिसँगको अंक दुरी घटाउने दाउमा हुनेछ । म्यान्चेस्टर युनाइटेडे ५५ अंक जोडेर लिग तालिकाको पाँचौं स्थानमा रहेको छ । घरेलु टोलीलाई हराएमा युनाइटेडले चेल्सी र लेष्टरसँगको अंक दुरी घटाउने छ ।

तेस्रो स्थानको चेल्सीको ६० र चौंथो स्थानको लेष्टरको ५९ अंक रहेको छ । यस्तो अवस्थामा च्याम्पियन्स लिग खेल्ने योजनामा युनाइटेडलाई जित निकाल्नै पर्ने दबाब रहेको छ । घरेलु टिम एस्टन २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पनि युनाइटेडलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने दाउमा छ ।

आज राति नै प्रिमियर लिग अन्तर्गत टोटनह्याम र बर्नमाउथ तथा एभर्टन र साउथह्याम्पटनबीच प्रतिस्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);