एशिया कप क्रिकेट जसरी पनि आयोजना हुन्छ : एसीसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एशिया कप क्रिकेट जसरी पनि आयोजना हुन्छ : एसीसी

asian cricekt council

काठमाडौं, २५ असार । एशियन क्रिकेट काउन्सिल एसीसीले यो वर्षको एशिया कप क्रिकेट जसरी पनि आयोजना गर्ने बताएको छ । भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले एशिया कप रद्द भएको भनेर अभिव्यक्ति दिएलगत्तै एसीसीले उपयुक्त स्थान खोजेर जसरी पनि एशिया कप क्रिकेट आयोजना गर्ने बताएको हो ।

एसीसीले यो वर्षको एशिया कप नहुने भन्नेमा आधिकारीक निर्णय नभएको बताएको छ । एसीसीले जारी गरेको विज्ञप्तीमा यो वर्षको क्यालेन्डर कसरी मिलाउन सकिन्छ भनेर गृहकार्य भइरहेको उल्लेख छ ।

पाकिस्तानमा हुने भनिएको एशिया कप क्रिकेटमा राजनीतिक कारण देखाउदै भारत सहभागि नहुने भएपछि एसीसीले अर्काे ठाँउमा गर्ने तयारी थालेको छ । पाकिस्तानले एसियाकप क्रिकेट संयुक्त अरब इमिरेट्स युएइ अथवा श्रीलंकामा गर्न सिकने प्रस्ताव गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);