एसीसी ईस्टर्न रिजन क्रिकेटको पहिलो खेल नेपालले मलेसियाको सामना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एसीसी ईस्टर्न रिजन क्रिकेटको पहिलो खेल नेपालले मलेसियाको सामना गर्ने

ACC cricket

काठमाडौं, ६ फागुन । थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग परेको हो ।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । नेपालले फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);