एसीसी यू-१९ ईस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसीसी यू-१९ ईस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन

एसीसी यू-१९ ईस्टर्न रिजन

म्यान्मारले अन्तिममा नाम फिर्ता लियो, नेपाललाई फाइदा हुने संभावना

काठमाडौं, १४ असार । मलेसियामा यही जुलाई २ तारिखदेखि सुरु हुने एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन भएको छ । शनिवार म्यानमारले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि पुरै खेल तालिका परिवर्तन भएको हो ।

म्यानमारले आन्तरिक कारण देखाउँदै अन्तिममा एसीसीमा खेलाडीको नाम नबुझाएपछि प्रतियोगितामा सहभागिता जनाउने टिम पनि सात वटामात्र हुने भएका छन् । म्यानमारले नखेल्ने भएपछि अब समूह ए मा नेपाल, चीन र सिंगापुर मात्र हुनेछन्।

यसअघि प्रतियोगितामा ८ राष्ट्र सहभागी हुने भनिए पनि अब ७ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्नेछन् । यस्तै यसअघिको तालिका अनुसार नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने थियो । अब नेपालले जुलाई ३ मा चीनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

यसअघिको नेपालले दोस्रो खेल ५ तारिखमा चीन र ६ तारिखमा सिंगापुरसँग खेल्ने तालिका थियो। अब नेपालले दोस्रो खेल ५ तारिखमा सिंगापुरसँग खेल्नेछ। नेपालले एक खेलमात्र जिते पनि समूह चरण पार्ने सम्भावना बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);