महिला विश्वकप: स्वीडेनद्धारा जर्मनी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

महिला विश्वकप: स्वीडेनद्धारा जर्मनी पराजित

Sweden-vs-Germany

एजेन्सी, १५ असार । शनिबार राति भएको महिला विश्वकप फुटबलको क्वाटरफाइनल खेलबाट जर्मनी बाहिरिएको छ ।

सेमिफाइनल प्रवेशका लागि शनिबार राति भएको खेलमा स्वीडेनले जर्मनीलाई २–१ ले पराजित गरेको हो । सुरुवाति अग्रता लिएर पनि जर्मनीले जोगाउन सकेन । १६ औँ मिनेटमा लिना मागुलको गोलबाट जर्मनीले अग्रता लिएको थियो । २२ औँ मिनेटमा सोफिया ज्याकोब्सनले बराबरी गोल फर्काइन् । ४८ औँ मिनेटमा स्टिना ब्ल्याकस्टेनियसले स्वीडेनका लागि गरेको गोल जितका लागि निर्णायक बन्यो ।स्वीडेनले सेमिफाइनलमा नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्ने भएको छ । नेदरल्याण्डसले इटालीलाई २–० ले पराजित गरेको हो ।नेदरल्याण्डसका लागि भिभियन मेडेमाले ७० औँ तथा स्टेफानी भान डेर ग्राग्टले ८० औँ मिनेटमा गोल गरेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);