लिभरपुलसँग ४–० गोल अन्तरले वुल्भ्स पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लिभरपुलसँग ४–० गोल अन्तरले वुल्भ्स पराजित

एजेन्सी , २२ मंसिर । इंग्लिश प्रिमियर लिग फुटबल लिभरपुलले शानदार जित दर्ता गरेको छ । आइतबार राति खेलमा घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को जित दर्ता गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सालह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गरेका हुन् । वुल्भ्सका नेल्सन सेमेडोले आत्मघाति गोल गरे । सालहले २४ औँ मिनेटमा गोल गरी लिभरपुललाई सुरुवाति अग्रता दिलाएका हुन् ।

त्यसपछि विनाल्डमले ५८ र मातिपले ६७ औँ मिनेटमा गोल गरे । नेल्सनले ७८ औँ मिनेटमा आत्मघाति गोल गरेका हुन् । जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको ११ खेलबाट २४ अंक पुगेको छ ।

पराजित भएको १७ अंकसहित १० औँ स्थानमा छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा लेस्टरका लागि एयोजे पेरेजले २४ औँ तथा जेमी भर्डीले ९० औँ मिनेटमा गोल गरे ।

शेफिल्ड युनाइटेडका लागि २६ मिनेटमा ओली म्याकब्रायनले एक गोल फर्काए । जितसँगै चौथो स्थानमा पुगेको लेस्टर सिटीको ११ खेलबाट २१ अंक भएको छ । पुछारको शेफिल्डको ११ खेलबाट एक अंक मात्रै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);