इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमको जित

एजेन्सी,१६ मंसिर। इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले जित निकालेको छ । सोमबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै फुलहमले जित निकालेको हो ।

फुलहमका लागि एडेमोाल लूकम्यान र इभान काभालेइरोले गोल गरेका हुन् । खेलको ३० औँ मिनेटमा लूकम्यान र ३८ औँ मिनेटमा पाएको मिनेटमा काभालेइरोले गोल गरे ।

लेस्टर सिटीका लागि ८६ औँ मिनेटमा जेमी भर्डीको सहयोगमा हार्बी बार्नसले एक गोल फर्काए । पराजित भएको लेस्टर सिटी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा रहेको छ ।

शीर्ष दुई स्थानका टोटनह्याम र लिभरपुलको २१ तथा तेस्रो स्थानको चेल्सीको १९ अंक छ । लेस्टर सिटीलाई पराजित गरेको फुलहम १० खेलबाट सात अंकसहित १७ औँ स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);