स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाकोे फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाकोे फराकिलो जित

एजेन्सी,१५ मंसिर। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक÷एक गोल गरे ।

क्याम्प नाउमा मार्टिनले २९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा कौटिन्होले गोल गर्दा बार्सिलोना ३–० ले अघि रह्यो । त्यसगरि खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ९ खेलमा १४ अंक जोडेको छ भने ओसासुना ११ अंकसहित १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);