ला लिगामा उपाधि दाबेदार बार्सिलोनाले सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

ला लिगामा उपाधि दाबेदार बार्सिलोनाले सहज जित

एजेनेसी, २३ फागुन । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक÷एक गोल गरे । खेलको ३० औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले २६ खेलमा ५६ अंक जोड्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको बार्सिलोना एट्लेटिको भन्दा २ अंकले पछि रहेको छ । ओसासुना २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);