समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न

पोखरा , २३ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीको कार्ययोजना अन्तर्गतको “ब् ल्भध दभबत तय धबपि” अन्तरगत ‘स्वास्थ्य, अनुशासन, एकता र सद्‌भावको लागि खेलकुद’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा ‘समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता’ कार्यक्रम सम्पन्न गरिएको छ ।

आज मिति २०७७।११।२३ गते नागरिक र प्रहरी बिच आपसी सद्‍भाव, सहकार्य, सहयोग र बिश्वासको भावना बिकास गर्ने उद्देश्य अनुरुप ‘समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता’ कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगर, हेम्जा, लेखनाथ र नेपाल प्रहरीको ३ वटा टिम गरी जम्मा ६ वटा टिम सहभागी थिए भने खेलमा नेपाल प्रहरी अन्तर्गत गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको टिम प्रथम तथा सामुदायिक सेवा केन्द्र बगरको टिम द्वितीय स्थान हासिल गर्न सफल भएको थियो ।

कार्यक्रममा प्रथम, द्धितिय स्थान हासिल गर्न सफल हुने टिम र खेललाई निस्पक्ष, अनुसाशित एंव मैत्रीपुर्ण तरिकाले सम्पन्न गराउने रेफ्रीहरूलाई यस कार्यालयका का।प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूले सधन्यवाद प्रमाणपत्र र पुरस्कार बितरण गर्नुभई खेलमा सहभागी खेलाडी तथा सामुदायिक सेवाकेन्द्रका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);