स्वास्थ्य शिविर तथा नि:शुल्क औषधी वितरण कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वास्थ्य शिविर तथा नि:शुल्क औषधी वितरण कार्यक्रम सम्पन्न

पोखरा, २५ फागुन । नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखराले बिभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका-१ घ्याम्पेसालस्थित दुल्लुभ क्याम्पसमा यही फागुन २४ गते दुर्गम स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

भौगोलिक दूरीले सदरमुकाम देखी टाढा रहेको ग्रामिण क्षेत्रमा अस्पताल तथा औषधीको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र गोरखा, लायन्स क्लब अफ गोरखा, भिमसेन थापा गाउँपालिका, जाल्पा सामुदायिक लघुवित्त र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराका चिकित्सक समूहसंगको सहकार्यमा उक्त नि-शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

उक्त प्रहरी सेवा केन्द्रले विगतका दिनमा पनि गण्डकी प्रदेश अन्तर्गतका बिभिन्न दुर्गम बस्तीहरुमा निशुल्क स्वास्थ्य शिविर साथै अन्य जनचेतनामुलक कार्यहरु समेत गर्दै आइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले सामुदायिक प्रहरी सेवा केन्द्रले अन्य निकायहरुसंग सहकार्य गर्दै आयोजना गरेको उक्त शिविरले स्थानीय स्तरमा स्वास्थ्य सेवाको सहज पहुँच नभएका व्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको प्रति खुसि व्यक्त गर्दै गाउँपालिकाले यस्ता जनलक्षित कार्यहरुमा सदैव सहयोग गर्ने र आगामी दिनमा आफूहरुले पनि यस्ता कार्यक्रमको आयोजना गर्ने बताए ।

विभिन्न शिविरहरुको नाममा अन्य संघ सस्थाहरुले सहरमुखी कार्यक्रमहरु मात्रै गर्ने गरेको तर वास्तविक स्थानको छनोट गरी गाउँलक्षित कार्यक्रमहरु गर्न सामुदायिक प्रहरी सेवा केन्द्रले यो शिविरबाट राम्रो सन्देश प्रवाह गरेको केन्द्रका अध्यक्ष विपिन अधिकारीले बताए ।

भिमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका ६०० भन्दा बढी विभिन्न उमेर समूहका नागरिकहरुलाई महिला तथा स्त्रीरोग, मुटुरोग, सुगर, हाडजोर्नी सम्बन्धी समस्या, आँखा जाँच लगायतका निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरिएको उक्त शिविरमा स्वस्थ्य जाँच पश्चात आम नागरिकहरुले खुसि व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);