गोरखामा स्वस्थ जिवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गोरखामा स्वस्थ जिवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम सञ्चालन

पोखरा , २२ फागुन । गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयद्वारा गोरखाको भिमसेन थापा गाउँपालिकामा स्वास्थ जिवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम सञ्चालन गरिएको छ । यस बर्ष “निरोगी नेपाल निर्माण आभियान” कार्यक्रम अन्तर्गत आयुर्बेद स्वास्थ्य सेवाको माध्यमबाट रोगको जोखिमलाइ न्यूनीकरण साथै उपचार सेवा प्रदान गर्ने उदेश्य अनुरुप आयुर्वेद स्वास्थ्य संस्था नरहेका स्थानीय तहहरुमा नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना भइरहेका छन ।

सम्बन्धित स्थानीयहरुमा स्वास्थ जिवनशैली प्रवर्धनका लागि आयुर्वेद कार्यक्रम सञ्चालन गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको स्वीकृत कार्यक्रमअन्तर्गत नवलपरासी ९वर्दघाट सू। पू।० को बुलिङ्गटार गाँउपालिका बाट सुरु गरिएको सो कार्यक्रम गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिकामा पनि सम्पन्न भएको छ ।

कार्यक्रममा गोरखा जिल्लामा सञ्चालित आयुर्वेद संबन्धि गतिबिधिहरु, स्थापनाको तयारीमा रहेको नागरिक आरोग्य सेवा केन्द्रबाट प्रदान गरिने सेवाहरु बढ्दो दरमा रहेका नसर्ने रोगहरुको न्यूनीकरणका लागि आयुर्बेद जीवनशैली, खानपान, स्वास्थ्य समस्या, योगको महत्व लगायतका विषयमा प्रस्तुतीकरण साथै समुह छलफल भएको थियो ।

कार्यक्रम भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेको प्रमुख आतिथ्यता साथै स्थानीय जनप्रनिधि, समाजसेवी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);