ठोरी ४ निर्मलबस्तीमा सामुदायिक स्वास्थ्य इकाईको आज उदघाटन | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

ठोरी ४ निर्मलबस्तीमा सामुदायिक स्वास्थ्य इकाईको आज उदघाटन

पर्सा, २२ फागुन । ठोरी गाउपालिकामा सामुदायिक स्वास्थ्य इकाईको स्थापना भएको छ ।ठोरी गाउपालिकाको वडा न ४ स्थित निर्मलबस्ती सामुदायिक स्वास्थ्य इकाईको बिधिवत रुपमा आज उदघाटन भएको हो ।ठोरी गाउँ पालिकाको अध्यक्ष पदम लाल श्रेष्ठले ब्यानरमा लेखिएको शब्दहरु ठोरी गाउँपालिका सामुदायिक स्वास्थ्य इकाई निर्मलबस्तीू उद्द्घोष गरि कार्यक्रमको उदघाटन गर्नुभएको हो ।

ठोरी गाउँपालिका वडा न ४ को वडा अध्यक्ष बई बहादुर तामाङको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पदम लाल श्रेष्ठ,वडा सदस्यहरुस् तेज बहादुर श्रेष्ठ ,धनकुमारी बिक,नेकपाका युवा नेता निमा लामा,ठोरी गाउँपालिकाको शाखा अधिकृत अर्जुन जि सि,स्वास्थ्य संयोजक रमेश राज थिङ्ग, शिक्षा संयोजक भुपाल कुमार जोशी, श्री ज्ञानज्योती मा वि का अध्यक्ष राकेश श्रेष्ठ , ने रा आधारभुत बिधालय निर्मलबस्ती अध्यक्ष सुब्बा लाल दोङ्ग, प्र अ हरु सुजन ढुङ्गेल, गोपि लाल श्रेष्ठ , गुणकेशरी वचत तथा ऋण सहकारी संथाका अध्यक्ष बुद्ध प्राखिन , स्थानिय समाजसेवी लक्का लाल गोले लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष श्रेष्ठले (मैले चुनावी घोषणा पत्रमा उल्लेख गरे बमोजिमको मानव स्वास्थ्य जस्ता कुराहरु जनताको नैसर्गिक अधिकार र आधारभुत आवश्यकता भएकोले यी सवालहरुमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको बताउनु भएको थियो। ठोरी गाउँपालिका ४ बिजयबस्ती स्वास्थ्य केन्द्र रहेता पनि निर्मलबस्तीका जनता स्वास्थ्य सुबिधाको पहुचबाट अलि टाढा भएकोले सो क्षेत्रका जनताहरुको सुबिधालाई ध्यानमा राखी स्वास्थ्य इकाई स्थापना गरिएको बताउनु भएको थियो।

उनले फरक प्रसङ्गमा बोल्दै आफुले सामुदायिक बिधालमा देखिएको समस्याहरुलाई समाधान गर्न भौतिक निर्माण लगाएत गाउँपालिकाले शिक्षकको समेत व्यवस्था गरेकोले सबैले सरकारी बिधालयलाई अपनत्व लिन आग्रह गर्नुभएको थियो।भने कार्यक्रमको सहजिकरण सागर लामाले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);