पर्सामा पाटेबाघ मृत्त फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पर्सामा पाटेबाघ मृत्त फेला

पर्सा । पर्साको ठोरी गाउँपालिका ३ , रामनगर नजिकै एउटा बयस्क पाटेबाघ मृत्त फेला परेको छ । रामनगरको रामबुद्ध सामुदायिक वन क्षेत्रभित्र शनिबार साँझ पाटेबाघ मृत फेला परेको हो ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिलाई खबर गरेका थिए । मृत बाघलाई शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा लगेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए ।

बाघको अवस्था हेर्दा उक्त बाघ पहिलेदेखि नै घाइते भएको हुन सक्ने र सोही कारण मानिसलाई आक्रमण गरेको हुन सक्ने अध्यक्ष बस्नेतले बताए । सोही सामुदायिक वन क्षेत्रमा गएको बिहीबार सोही बाघको आक्रमणमा परी रामनगरका पुर्ण बहादुर तामाङ घाइते भएका थिए ।

यस्तै सोही दिन रामनगरका स्थानीयको आधा दर्जन भन्दा बढी खसीबाख्रा बाघले मारेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);