चितवन राष्ट्रिय निकुञ्जमा बाघको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको मृत्यु

tiger

चितवन, ९ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो २ महिनाको अवधिमा ४ वटा बाघको मृत्यु भएको छ ।

चितवनको सौराहा नजिकै राप्ती किनारमा आज एउटा पोथी पाटेबाघ मृत फेलापरेसँगै २ महिनाको अवधिमा चार वटा बाघको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

अन्य जनवारसँग जुधेर बाघको मृत्यु भएको अनुमान गरिएको छ । चोरी शिकार नियन्त्रण भएपनि विभिन्न कारणले बाघ मर्न थालेको भन्दै निकुञ्जले अनुसन्धान सुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);