चितवनमा भाले बाघ मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चितवनमा भाले बाघ मृत अवस्थामा फेला

चितवनमा भाले बाघ मृत अवस्थामा फेला

चितवन, ७ वैशाख । पूर्वी चितवनको वरण्डाभार क्षेत्रमा एक बयस्क बाघ मृत फेला परेको छ । रत्ननगर नगरपालिक ११ मंगलपुर टिकैली जंगलको नजिकै भाले बाघ मृत फेला परेको जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए । अन्य जनावरसँग जुधेर बाघको मुत्यु भएको अनुमान गरिएको छ ।

बाघको मुचुल्का उठाएर पोष्टमार्टमका लागि निकुञ्जको मुख्य कार्यालय कसरा लगिएको छ । एक साता अघिपनि एक बयस्क बाघको मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० वटा बाघ रहेको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);