पाल्पाको बगनासकालीका कृषक तरकारी खेतितर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पाल्पाको बगनासकालीका कृषक तरकारी खेतितर्फ आकर्षित

krishi

प्रकाश नेपाल
पाल्पा, ७ बैशाख
। पाल्पाको बगनासकाली गाँउपालिकाका कृषक तरकारी खेतितर्फ आकर्षित भएका छन् । गाउँपालिकाले आर्थिक र प्रविधिक सहयोग गरेपछि कृषकहरु व्यवासायिक तरकारी खेतितर्फ आकर्षित भएका हुन् । कृषकहरुले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने दाबी गरेका छन् । कृषकहरु तरकारी खेतीमा लागेपछि २ सय भन्दा धेरैले रोजगार समेत पाएका छन् ।

बगनासकाली गाँउपालिकाका कृषकहरु समुह र सहकारीमा गोलबन्द भएर व्यवसायिक तरकारी खेतीमा जुटेका हुन् । गाँउपालिकाले कृषकलाई आर्थिक र प्रविधिक सहयोग गरेपछि कृषकहरु व्यवासायिक तरकारी खेतितर्फ आकर्षित भएका हुन । कृषहरुले बन्दा ,काउली, काक्रो, फर्सी, टमटर, करेला खेती गरेका छन् । कृषकले तरकारीबाट राम्रो आम्दानी समेत गर्न सफल भएका छन् । कृषि उपजको बजारीकरणको लागि पनि सहज भएको कृषकहरुको भनाई छ ।

कृषिमा आत्मनिर्भर बनाउने गाउँपालिकाको उद्देश्य छ । सोही अनुसार गाउँपालिकाले कृषि निति बनाएर ८० लाख रुपैयाँ विनियोजन गरेको छ । पाल्पामा उत्पादित तरकारी विभन्न जिल्लामा निर्यात गर्ने गरिएको छ । चालु आर्थिक बर्षमा सो गाउँपालिकाबाट १२ लाखको टमटर निर्यात गरिएको छ ।

गाउँपालिकाले प्रोत्साहन गरेपछि अहिले २ सय भन्दा धेरै कृषक व्यवसायिक तरकारी खेतीमा आवद्ध भएका छन् । गाउँपालिकाले कृषिबाट जनतालाई समृद्ध बनाउने लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);