रामेछापका कृषक तरकारी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामेछापका कृषक तरकारी खेतीतर्फ आकर्षित

नवराज श्रेष्ठ

रामेछाप, १५ फागुन । रामेछापका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएका छन् । बार्षिक ३ लाख आम्दानी हुन  थालेपछि कृषकहरु तराकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

मन्थली नगरपालिका १३ फुलासीका शिव अधिकारी रोजगारीका लागि काठमाण्डौँ आएका थिए । तर काठामाडौँमा सोचेजस्तो काम नपाएपछि गाउँ फर्किएर गोलभेँडा खेती सुरु गरे । अहिले गोलभेँडा खेतीबाट उनले वार्षिक ३ लाख आम्दानी गर्न सफल भएका छन् ।

अधिकारी दम्पतीले ६ रोपनी जग्गामा पाँचवटा प्लाष्टिक टनेलभित्र गोलभेडा खेती गरेका छन् । गोलभेँडा खेतीबाट ३ छोरा र १ छोरीलाई पढाएर बार्षिक ३ लाख आम्दानी गर्न सफल भएका छन् ।

गाउँमा उत्पादन भएको गोलभेँडा सदरमुकाम मन्थली, दोलखाको चरिकोट, खिम्ती लगायतका बजारहरुमा पुग्ने गरेको छ । गलभेँडा खेतीबाटै ७ रोपनी जग्गा किन्न सफल भएका अधिकारी दम्पतीले तरकारी खेती विस्तार गर्ने सोचमा छन् । आफ्नै गाउँमा पसिना बगाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अधिकारी दम्तीले दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);