कञ्चनपुरका कृषकहरु जडीबुटी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कञ्चनपुरका कृषकहरु जडीबुटी खेतीतर्फ आकर्षित

पुष्कर भट्ट
कञ्चनपुर, २६ माघ । धानगँहु खेती भन्दा जडीबुटी खेतीबाट तेब्बर आम्दानी हुन थालेपछि कञ्चनपुरका कृषकहरु अहिले जडीबुटी खेतीतर्फ आकर्षित भईरहेका छन् । निड्स नेपाल संस्था कञ्चनपुरले ग्रामीण भेगका विपन्न समुदायका कृषकहरुलाई जडीबुटी खेतीबाट हुने फाइदाबारे जानकारी गराएपछि कृषकहरु जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन् ।

जडीबुटी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरुले बर्षौँदेखि लगाउँदै आएको धान, गहुँ खेती लगाउन छाडेका हुन् । कञ्चनपुरमा अहिले व्यवसायिक रुपमा जडीबुटी खेती गर्न थालिएपछि स्थानीय स्तरमै जडीबुटी उद्योग पनि फस्टाउन थालेको छ ।

कञ्चनपुरका महाकाली नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिकामा जडीबुटी उद्योगहरु संचालन भईरहेका छन् ।

प्रगति महिला जडिबुटी उद्योगका अध्यक्ष करन सिंह बोहराले आधुनिक मेसिनको अभावमा समस्या भईरहेको बताए । उनले नयाँ मेसिन खरिद र प्रविधिका लागि अनुदानको व्यवस्था भए व्यवसाय अझै फस्टाउने बताए ।

स्थानीय उद्योगबाट उत्पादत हुने सुगन्धित तेल अन्तर्राष्ट्रिय बजारमा समेत खपत हुने गरेको छ । निड्स नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार कञ्चनपुरमा ४८३ हेक्टर क्षेत्रफलमा क्यामोमाईल र ६८३ हेक्टर क्षेत्रफलमा मेन्था खेती गरिएको छ ।

बार्षिक ६२ किलो क्यामोमाईल र ४१२ किलो मेन्था उत्पादन हुने गरेको छ । जडीबुटी खेतीले एकातिर कृषकहरुको आम्दानीलाई सबल बनाउँदै लगेको छ भने अर्काेतिर जडीबुटी उद्योगले स्थानीयहरुलाई रोजगारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);