बाग्मती सफाई अभियानकाे ३०० औँ हप्ता पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बाग्मती सफाई अभियानकाे ३०० औँ हप्ता पुरा

bagmati safai avyan

काठमाडौं, २६ माघ । बाग्मती नदी सफाइ गर्न शुरु गरिएको ३ सय हप्ता पुरा भएको छ । पाँच बर्षसम्म अनवरत रुपमा नदी सफा गर्दा पनि सफाइ अभियानले भने पुर्णता पाएको छैन ।

शनिवार,विहान ८ बजे वानेश्वरको शंखमुलमा करिव २ हजार मानिस भेला भएका थिए । तिव्र बर्षा भइरहेको थियो, र मौसम अत्यन्त चिसो थियो । यहि बेला प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा वागमती सफाइ अभियान तिन सय हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम गरि मनाउने तयारी भइरहेको थियो ।

औपचारिक कार्यक्रम गर्न विशेष मञ्च पनि बनाइएको थियो तर पानी यसरी  पर्यो  कि त्यहा औपचारिक कार्यक्रम गर्ने र भाषणवाजी गर्ने समय नै रहेन । कार्यक्रम सुरु गर्नै लाग्दा चिसो असाध्यै बढेपछि प्रधानमन्त्री समारोहमा आउदै आएनन भने विशेष कार्यक्रमको लागि तयार पारिएको मञ्च पनि यतिकै छाडियो ।

तर सफाइ अभियानको लागि भनेर कर्मचारी,सेना प्रहरी देखि स्कुलका विधार्थी समेत सो समारोहमा उपस्थित भएका थिए तर स्थानीय वासिन्दाको सहभागीता भने कम मात्र थियो । तैपनि बागमती सफाई महाअभियान सुरु गरिएको ३ सय औं हप्ता पुगेको अवसरमा सहरी विकास मन्त्रालयले बाग्मती मनोहरा दोभान शंखमूलमा बाग्मती नदीमा ¥याफटीङको पनि आयोजना गरेको थियो । नदीमा पानी परेका कारण पानीको बेग बढेकाले ¥याफटीङ गर्नेको संख्या पनि बाक्लै थियो ।

शनिवार वागमती सफाइ अभियान थालनी भएको ३ सय हप्ता भयो । २०७०साल जेठ ५ गतेबाट यो अभियान सुरु गरिएको हो । यो अवधिमा करिब १० लाख हातहरु बाग्मती सरसफाईमा सहभागी भएका छन् । स्कुले विद्यार्थीदेखि नेपाली सेना र विभिन्न संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सक्रियताकै कारण वाग्मती नदीबाट ३ सय हप्ताको अवधिमा १८ हजार टन फोहोर निकालिएको छ ।

करिब साढे पाँच वर्षको अवधिमा सरसफाईमा खर्च नभएपनि गुहेश्वरीमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको भवन निर्माण, पानी प्रशोधनका लागि जग्गा अधिग्रहण, वृक्षारोपण र ढल व्यवस्थापन लगायतका कामको लागि करिव ७ अर्ब रुपैयाँ खर्च भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जानकारी दिएको छ ।

बाग्मती सफाई महाअभियानमा सुरुमा केही संस्था मात्र सहभागी भएका थिए । तर, पछिल्लो समय त्यो संख्या बढेर अहिले १ हजार ८ सय भन्दा बढि संघ, संस्थाहरु सहभागी भइसकेका छन । अहिले बाग्मतीका अन्य सहायक नदीमा पनि सरसफाई अभियान सञ्चालन भइरहेको छ ।

बाग्मतीलाई ढल मुक्त गर्ने उदेश्यका साथ बाग्मती सफाई अभियान सुरु गरिएपनि राजधानीवासीले नदीमा अझै ढल मिसाउन र फोहोर फ्याक्न बन्द नगर्दा उदेश्य अनुरुपको सफलता हासिल हुन नसकेको सहभागीहरले गुनासो गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);