बाग्मती सफाइ अभियानको पाँच बर्ष पुरा, ५ अर्ब रुपैयाँ खर्च | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

बाग्मती सफाइ अभियानको पाँच बर्ष पुरा, ५ अर्ब रुपैयाँ खर्च

bagmati sarsafao

फूलमाया आले
काठमाडौं, ६ जेठ
। बाग्मती सफाइ महाअभियानको पाँच बर्ष पुरा भएको छ । २०७० जेठ ५ गतेबाट तत्कालिन मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा सुरु भएको महाअभियानको पाँच बर्षको अवधिमा विभिन्न संघसंस्थाहरुले ऐक्यबद्धता जनाए । महाअभियानको २ सय ६२ आंै हप्ता पुरा हुँदा करिब ५ अर्ब रुपैयाँ खर्च भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिले जानाएको छ ।

बाग्मती सफाईका लागि २०५२ सालमा नै अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिको गठन भएको थियो । तर, सरकार तथा विभिन्न सरकारी एवं गैर सरकारी संघसंस्थाको अगुवाईमा २०७० जेठ ५ गतेबाट बाग्मती सफाई महाअभियान सुरु गरियो । महाअभियान सुरु भएको शनिबार पाँच वर्ष पुरा भएको छ । पाँच वर्ष पुरा भएको अवसरमा बाग्मती र मनोहराको संगमस्थल शंखमुलमा दिप प्रज्वलनसमेत गरियो । २०५२ सालदेखि अहिलेसम्म बाग्मती सरसफाईका लागि करिब ५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

अभियान सुरु भएको पाँच वर्षको अवधिमा बाग्मतीबाट १८ हजार टन ठोस फोहोर निकालिएको छ । यस अवधिमा झण्डै १२ लाख हातहरुले सरसफाई अभियानमा सहभागिता जनाए । पहिलेको तुलनामा बाग्मतीमा फोहोर फाल्ने प्रवृत्ति कम भएपनि अपेक्षा अनुसार सुधार हुनसकेको छैन । साथै अधिकार सम्पन्न बाग्मती भनिएपनि समितिलाई बाग्मतीमा फोहोर गर्नेलाई कारबाही गर्ने अधिकार नहुँदा लक्ष्यअनुरुप काम हुन नसकेको समितिको दाबी छ ।

अहिले भएको समितिको २०८० सालसम्म समय रहेकाले अबको ५ वर्षसम्म बाग्मतीलाई ढलमुक्त बनाउनुका साथै बाग्मतीपछि अन्य सहायक नदिबाट पनि ढलमुक्त बनाउने लक्ष्य रहेको समितिको भनाई छ । साथै अहिले एडिबीको सहयोगमा गोकर्णबाट बाग्मती सफाइका लागि काम भइरहेको समितिले जनाएकोे छ । साथै बाग्मती नदीमा ढल नियन्त्रण गर्ने देखि नदी आसपास पार्क बनाउने तथा समुदायलाई हस्तान्तरण गर्ने जस्ता कामहरुसमेत भइहरेको समितिको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);