बाग्मती सफाइ अभियान : रोकिएन फोहोर फाल्न र ढल मिसाउन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाग्मती सफाइ अभियान : रोकिएन फोहोर फाल्न र ढल मिसाउन

फूलमाया आले

काठमाडौं, १९ फागुन । बाग्मती नदीलाई सफा राख्न ‘सफाइ अभियान’ सुरु गरेको २ सय ५१ हप्ता भएको छ । २०७० साल जेठ ५ गते सुरु भएको अभियानअन्तर्गत नदीबाट सयौं टन फोहोर निकालिएको छ । तर, राजधानीवासीले नदीमा अझै ढल मिसाउन बन्द गरेका छैनन् ।

जनस्तरबाट सुरु भएको बाग्मती सफाइ अभियानलाई सरकारले पनि साथ दिएको छ । यो अवधिमा ८ लाखभन्दा बढी हातहरु बागमती सरसफाईमा सहभागी भएका छन् । स्कुले विद्यार्थीदेखि नेपाली सेना र विभिन्न संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सक्रियताकै कारण वाग्मती नदीबाट २ सय ५१ हप्ताको अवधिमा सयौं टन फोहोर निकालिएको छ । पाँच वर्षको अवधिमा सरसफाईमा खर्च नभएपनि वृक्षारोपण र ढल व्यवस्थापनका लागि लगभग दुई अर्ब रुपैयाँ खर्च भएको अधिकार सम्पन्न बागमती सफाई अभियानले जानकारी दिएको छ ।

फोहोर सफा गर्न एकातिर बागमती सफाइ अभियान चलिरहँदा अर्कोतिर काठमाडौंवासीले नदीलाई फोहोर बनाउन पनि छाडेका छैनन् । विगत ५ वर्षदेखि नै निरन्तररुपमा बाग्मती सफाई अभियानमा साथ दिँदै आएकी दुर्गा रावल पहिलाको तुलनामा वाग्मती सफा भएपनि हुनेखाने र शिक्षित वर्गले नै फोहोर फाल्ने र ढल मिसाउने गरेका कारण सफाइ अभियान सोचेजस्तो प्रभावकारी बन्न नसकेको बताउछन् ।

वातावरण स्वस्थ्य भए आफू पनि स्वस्थ बन्न सक्ने बुझेका काठमाडौँबासीले नै नदीलाई फोहोर बनाउँदा अभियानको सफलताप्रति धेरैले चिन्ता पनि प्रकट गरेका छन् । त्यसैले सरकारीस्तरबाटै विशेष कार्यक्रम घोषणा गरी वातावरण स्वस्थ बनाउने अभियान थाल्नुपर्नेमा कतिपले जोड दिएका छन् ।

पूर्वमुख्य सचिव लिलामणी पौडेलको अग्रसरतामा सुरु भएको बाग्मती नदी सफाइ अभियान प्रत्येक शनिबार बिहान २ घण्टासम्म सञ्चालन हुँदै आएको छ । सो अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, नेपाली सेना, एकीकृत बागमती सभ्यता बचाउ अभियान, पशुपति क्षेत्र विकास कोष, विज्ञापन संघ, नेपाल टेलिकम, नेपाल नदी संरक्षण समाज लगायत २ सय भन्दा बढी निकायबाट प्रत्येक शनिबार १ हजार दुर्ई सयको हाराहारीमा जनशक्ति परिचालन हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);