पाल्पामा 'मिनी फेवाताल' ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पामा ‘मिनी फेवाताल’ !

प्रकाश नेपाल
पाल्पा, १९ फागुन । पाल्पाको रामपुर नगरपालिकामा रहेको तालपोखरालाई मिनी फेवाताल बनाइएको छ । निर्माण सुरु गरिएको ८ बर्षपछि मिनी फेवातालले सार्थकता पाएको हो । मिनी फेवाताल बनेपछि रामपुर नगरपालिकाकोे मुहार फेरिनुका साथै पर्यटकको संख्या बढ्न थालेको छ ।

रामपुर नगरपालिका वडा नम्बर ६ मा बनाइको तालपोखरा यसअघि पोखरीमा मात्र सिमित थियो । वर्षाको समयमा पोखरी र हिउँदमा खुल्ला चौरमा परिणत हुने स्थानलाई मिनी फेवा ताल बनाइएको हो । निर्माण सुरु भएको ८ बर्षपछि तालपोखराले सार्थकता पाएको हो । अहिले सो क्षेत्र धार्मिक एवं पर्यटकीथल बनेपछि स्थानीय हर्षित भएका छन् ।

४ बिघा क्षेत्रफलमा फैलिएको तालपोखरामा झण्डै १ करोडको लागतमा फुलबारी सहितको पार्कसँगै ताल र तालकोबीच भागमा जलेश्वर महादेवको मन्दिर बनाइएको छ । सो क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । स्थानीय र धनधान्याञ्चलको सहगोगमा मिनी फेवाताल बनेपछि रामपुरको मुहार नै फेरिएको छ ।

नहरको पानी संकलन गरेर तालमा डुङ्गा पनि संचालन गरिएको छ । डुङ्गा चढ्नका लागि पनि पर्यटकहरु तालपोखरा पुग्न थालेका छन् । ताल संचालन गर्न कालीगण्डकीको पानी लिफ्ट वा बोरिङ् गरेर ल्याइने भएको छ । तालको विकासका लागि प्रचार प्रसार र प्रवद्र्धन गर्नु आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);