सेपे ताल पर्यटकका लागि आकर्षित गन्तव्य बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सेपे ताल पर्यटकका लागि आकर्षित गन्तव्य बन्दै

विकास डाँगी
दाङ, १३ भदौ ।
दाङको घोराही उपमहानगरपालिकाले सिंचाईको लागि उपमहानगरमा २ दर्जन कृत्रिम जलाशय निर्माण गरेको छ । ती तालमा जम्मा भएको पानीले स्थानीयलाई सिंचाईको लागि सहज भएको छ। जलाशय बनेपछि कतै माछापालन पनि गरिएको छ । त्यसैगरी उपमहानगरको १ र २ वडामा प्रदेश ५ सरकार र उपमहानगरको लगानीमा निर्माण भएको चेपे ताल सिंचाई, माछापालनको लागि मात्र नभइ आन्तरिक पर्यटकिय गन्तव्यका रुपमा पनि लोकप्रिय बन्दै दाङ घोराही उपमहानगरपालिकाका अवलोकनकर्ता विमल केसीले बताउनु भयो ।

२ वर्ष पहिले स्थानीय सिंचाईको लागि चेपे सोतामा ड्याम बाँधेर ताल बनाइएको थियो । पछि प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहकार्यमा निर्माण सुरु गरिएको चेपे तालमा अहिले सम्म २ करोड भन्दा बढी खर्च भएको उपमहानगरले जनाएको छ । प्रदेश ५ सरकारको ५० लाख र घोराही उपमहानगरले रकम थप गरी यो ड्याम निर्माण गरी ताल बनाइएको हो । ८ विगाहा क्षेत्रफलमा फैलिएको ताललाई बहुउद्धेश्यीय बनाउने प्रदेश सरकारको योजना अनुसारको काम भईरहेको छ ।

तालमा २३ हजार भन्दा बढी माछाका भुरा हालिएको ताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राममणी पाण्डले बताउनु भयो । ताललाई आम्दानीको स्रोत बनाउने, कृषिमा व्यवसायीककरण गराउनेदेखि ताललाई आम्दानीको स्रोत बनाउनेसम्म व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई नै दिइएको उपमहानगर जनाएको छ । ४ लाख २५ हजार घनमिटर पानी र १५ मिटर गहिराई रहेको ताललाई बहुउपयोगी बनाउने काम भैरहेको छ ।

बोटिङ तथा अन्य कामबाट भएको आम्दानीबाट २० प्रतिशत उपमहानगरलाई जाने र ८० प्रतिशत कर्मचारी व्यवस्थापन गर्ने ताल बनाउँदा डुबानमा परेका जग्गाधनी लाई क्षतिपुर्ति दिनका उपयोग गरिन्छ । पानीका श्रोतहरु सुक्दै गएको दाङमा पानी बचाउ अभियानमा लागेको घोराही उपमहानगरपालिकाको कामलाई स्थनीयले पन िसराहनिय मानेका छन् । विशेषगरी वर्षाैदेखि सिँचाई अभाव झेल्दै आएका कृषकहरुले राहत महशुस गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);