आगामी आर्थिक बर्षदेखि घोराहीमा बायाे ग्याँसप्लान्ट सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आगामी आर्थिक बर्षदेखि घोराहीमा बायाे ग्याँसप्लान्ट सञ्चालन हुने

दाङ, ३ फागुन । दाङको घोराही उपमहानरपालिकाले जिल्लामै पहिलो पटक फोहोरबाट ग्याँस उत्पादन गर्न लागेको छ । साढे २ विगाहा जमिनमा घोराही १६ मा ग्याँस उत्पादन गर्न लागिएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि. र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यबाट फोहोरबाट ग्याँस उत्पादन गर्न थालिएको हो ।

गत बर्षको मंसिर ५ गतेदेखी नेपाल उर्जा विकास कम्पनीसंग उपमहानगरको सम्झौता भएको भएता पनि भदौ महिनादेखी निर्माण शुरु भएको हो । हाल सम्म ८० प्रतिशत निर्माण पुरा भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो ।

फाण्डेशनको काम भैससकेकाले अब माथिल्लो भागको निर्माण चाँडै हुनेछ । संरचना निर्माणको काममा कुनै समस्या नभए अबको ३ देखि ४ महिनाभित्र सबै संरचना निर्माण भइसक्ने र संचालन आउने अपेक्षा गरीएको उहाँले बताउनुभयो ।

दैनिक जम्मा भएको फोहोरबाट ग्याँस निकाल्नको लागी १९ करोड ८५ लाखको लागत लाग्ने छ । बिश्व बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ, भने ६० प्रतिशत कम्पनी आफैले लगानी गरेको छ ।

दैनिक २ हजार घनमिटर ग्याँस उत्पादन हुने उक्त बायो ग्याँसले दैनिक ७० देखि ८० वटा ग्याँस सिलिण्डरसम्म उत्पादन गर्ने लक्ष्य लिएकोे मित्सन बायोग्याँस सलुसन इन्डिया तथा उक्त प्लान्टका इन्जिनियर गुरमिट सिंहले बताउनुभयो । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरले अहिले फोहोरलाई २ किसीमले बर्गीकरण गरेको जनाएको छ । एउटा गाडेर गल्ने र अर्काे नगल्ने । संरचना निर्माणपछि फोहरबाट ग्याँस उत्पादनका लागि अन्य प्राविधिक काम सुरु हुने र घोराही उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइडमा गल्ने फोहोरबाट ग्याँस उत्पादनका लागि काम गर्ने गरी प्रालिसंग सम्झौता गरेको घोराही उपमहानगरपालिकाका प्रबक्ता भरत अर्यालले बताउनुभयो ।

सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरू घोराही उपमहानगरपालिकालाई प्रालिले हस्तान्तरण गर्ने भएको छ । २० वर्षसम्म उत्पादनको ५ प्रतिशत रकम उपमहानगरपालिकालाई प्रालिले दिने भएको छ ।

ग्याँससंगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ । फोहोरबाट ग्याँस तथा कम्पोष्ट मल उत्पादन हुने भएपछि उपमहानगरपालिकालाई फोहरबाट मोहोर पनि हुने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);