भारतकाे मोतिहारीदेखि चितवनसम्म ग्याँस पाईपलाईनकाे शुभारम्भ (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतकाे मोतिहारीदेखि चितवनसम्म ग्याँस पाईपलाईनकाे शुभारम्भ (फोटो फिचर)

श्याम गुप्ता
बारा, ९ कात्तिक । भारतको मोतिहारीदेखि चितवनसम्म खाना पकाउने एलपी ग्याँस पाईपलाईन निर्माण परियोजना अघि बढाइएको छ । यसैगरी बाराको अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोललियम पदार्थको पाईपलाईन विस्तार गरिने भएको छ ।

दुबै परियोजनाको शनिवार एक समारोहकाबीच शुभारम्भ गरिएको छ । ग्याँस पाइपलाइन निर्माणका लागि १५ अर्व लागत लाग्ने अनुमान गरिएको छ ।

भारतबाट पाइपलाइन मार्फत पेट्रोलियन पदार्थ ल्याउने परियोजनाले सफलता पाएपछि अब पाइपलाइनबाट नै खाना पकाउने एलपी ग्याँसपनि ल्याइने भएको छ ।

भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म ग्याँस पाईपलाईन परियोजना अघि बढाइएको छ । यसैगरी मोतिहारीदेखि अमलेखगंजसम्म ल्याइएको पेट्रोलियम पदार्थको पाइपलाइनलाई चितवनसम्म विस्तार गरिने भएको छ । दुबै परियोजनाको शनिबार कार्य शुभारम्भ गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पाईपलाईन निर्माण स्थलमा संकेत पिल्लर गाडेर औपचारिक रुपमा कार्य प्रारम्भ गर्नु भएको हो । बाराको अमलेखगंजबाट चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पाईप लाईन विस्तार हुने भएको हो ।

मोतिहारीदेखि चितवनसम्मको ग्याँस पाइपलाईन ९८ किलोमिटरको हुनेछ । देशका विभिन्न भागमा पाईपमार्फत ईन्धन आपूर्ति गर्ने योजना अनुरुप पाईपलाईन बिस्तारको कार्य भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताउनु भयो ।

अमलेखगंज चितवन पेट्रोलियम पाईपलाईन बिस्तार गर्न अनुमानित लागत ५ अर्ब ६७ करोड लाग्नेछ । यसैगरी चितवनमा पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि ४ अर्व १९ करोड लाग्ने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भयो ।

अमलेखगंजमा जग्गा अपुग भएका कारण भण्डारणका लागि समस्या हुँदा चितवन सम्म पाईपलाईन बिस्तार गर्न लागिएको नायव कार्यकारी निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

दोस्रो चरणको पाईपलाईन बिस्तारसँगै चितवनको लोथरमा १ लाख किलोलिटर भण्डारण गर्नका लागि ट्याङ्की निर्माण गरिने छ । हाल मोतिहारीबाट पाईप मार्फत अमलेखगंज डिपोसम्म डिजेल मात्र आईरहेको छ ।

भारतको मोतिहारी हुँदै नेपालको लोथरसम्म कुल १ सय ३१ किलोमिटर ग्याँस पाईपलाईन निर्माण हुने भएको हो । मोतिहारी चितवन ग्याँस पाईपलाईन नामाकरण गरी पाईपलाईन बिस्तार क्षेत्रमा होर्डिङ्ग बोर्ड राख्ने र पाईप गाडिने स्थानमा संकेत पिल्लर राख्ने कार्य समेत शनिबारबाटै शुरु गरिएको छ ।

ग्याँस पाईपलाईन निर्माणका लागि अनुमानित १५ अर्व लाग्ने छ । जसमा पाईपलाईन निर्माणका लागि एघार अर्व १९ करोड र भण्डारणका लागि ३ अर्ब ८१ करोड लाग्ने जनाईएको छ ।

भारतीय सिमा रक्सौलदेखि चितवनसम्म ९८ किलोमिटर लामो पाईपलाईन निर्माण हुनेछ । पाईपबाट आएको ग्याँस भण्डारण गर्न २० हजार मेट्रिक टनका ट्याङ्की निर्माण हुने जनाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);