तिहार बिदामा पनि देशभरका इन्धन डिपो खुल्ला रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तिहार बिदामा पनि देशभरका इन्धन डिपो खुल्ला रहने

nepal-oil-nigam-

काठमाडौं, ९ कात्तिक । नेपाल आयल निगमले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ ।

चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो । इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।

उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्नेछ । थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको निगमले जनाएको छ ।

निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ । बिदाको समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकता अनुसार खटाइएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);