नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेसन्स आइओसीले जुलाई १ मा पठाएको नयाँ मूल्यसूची अनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । तसर्थ, स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गरको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ । यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ कायम गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);