फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

 एलपी ग्यासको मूल्य यथावत

काठमाडाैं, ३ माङ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य पुनः बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २ /२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । अब नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरलाई १ सय ३ रुपैयाँ पर्ने छ । यस्तै डिजेल र मट्टितेल एक लिटरको मूल्य ८१/८१ रुपैयाँ पुगेको छ ।

बुधबार राति १२ बजेबाट नयाँ मूल्य लागू हुनेछ । भारतीय आयल कर्पोरेशनको नयाँ मूल्यसूची अनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको बताएको छ । गत पुस १७ गते पनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);