आन्दोलित नर्ससँग वार्ताका लागि उच्चस्तरीय वार्ता समिति गठन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आन्दोलित नर्ससँग वार्ताका लागि उच्चस्तरीय वार्ता समिति गठन

काठमाडौं, ३ माघ । स्वास्थ्य मन्त्रालयले विभिन्न माग राख्दै आन्दोलित नर्सहरुसँग वार्ताका लागि उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन भएको वार्ता समितिमा डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ तथा नर्सिङ्ग प्रशासक कल्पलता सुब्बा सदस्य रहेका छन् ।

नर्सका ११ बुँदे माग

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सहरुलाई पुर्नबहाली गरिनुपर्ने, मन्त्रालयमा नर्सिङ्ग सेवा महाशाखा राखिनु पर्ने, प्रत्येक स्कुलमा एक नर्सको व्यवस्था गरिनु पर्ने, नर्सहरुमाथिको श्रम शोषण अन्त्य गरिनुपर्ने लगायतका ११ बुँदे माग राख्दै नेपाल नर्सिङ्ग संघको आव्हानमा देशभरका नर्सहरुले आन्दोलन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);