अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमतिः केसीले आज अनसन तोड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमतिः केसीले आज अनसन तोड्दै

काठमाडौं, २५ असोज । अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

शनिबार मध्यराति चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि सत्याग्रहमा रहनु भएका डाक्टर गोविन्द र सरकारी वार्ता टोलीबीच ८ बुँदे सहमति भएको हो ।

सहमतिमा अनशनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गर्नुभएको छ । शनिबार नै अनसन तोड्ने सहमति भएको भए पनि डा. केसीले आज बिहान साढे ९ बजे २८ औं दिनमा अनशन तोड्नुहुने भएको छ ।

८ बुँदे सहमतिमा सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम संचालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई शुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

यस्तै, चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० मा गरिएको सम्झौतालाई पनि राखिने छ ।

डा. केसीले उठाउनु भएको देशमा भएका ठूला भ्रष्टाचारका काण्डमा संलग्नमाथि कार्वाही गर्नुपर्ने विषयमा भने ८ बुँदे सहमतिका कुनै बुँदामा उल्लेख छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);