सरकार र डा.केसी बीचको वार्ता निष्कर्ष बिहीन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकार र डा.केसी बीचको वार्ता निष्कर्ष बिहीन

dr govinda kc

काठमाडौं, २४ असोज । सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ । बिहीबार र शुक्रबार भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

६ बुँदे माग राखेर अनसन डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । तर शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि हुनै लागेको सहमति भाँडिएको केसी पक्षले जनाएको छ ।

सरकारले दिनभर वार्ताको बेवास्ता गरेपछि केसी पक्षले शुक्रबार राति साढे १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ सार्वजनिक गर्दै सरकारी पक्षले तदारुकता नदेखाउदा वार्ता सकारात्मक नभएको जानकारी दिएको हो ।

डा. केसी जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं अनसन सुरु गर्नुभएको थियो । ८ औं दिनमा काठमाडौं ल्याइएका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा आफ्नो अनसनलाई निरन्तरता दिइरहनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);