नगरपालिकाले कर बढाएको विरोधमा विभिन्न राजनीतिक दल आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नगरपालिकाले कर बढाएको विरोधमा विभिन्न राजनीतिक दल आन्दोलित

siharaha

सिराहा, १६ साउन । सिरहाको गोलबजार नगरपालिकाले कर बढाएको विरोधमा विभिन्न राजनीतिक दल आन्दोलित भएका छन् । बढाएको कर फिर्ताको माग राख्दै राजनीतिक दल आन्दोलित भएका हुन् ।

गोलबजार नगरपालिकाले कर बढाएको विरोधमा विभिन्न ७ राजनीतिक दल आन्दोलित भएका हुन् । साउन १३ गतेदेखि स्थानीय नेताहरु बढाएको कर फिर्ताको माग राख्दै धर्नामा बसिरहेका छन् । मनोमानी ढंगले कर बढाएको र विकास निर्माणमा अनियमितता भएको आरोप स्थानीय नेताको छ । नगरपालिकाकाले मनोमानि ढंगबाट कर बढाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

नगरपालिकाले भने नगरसभाबाट निर्धारण भएको कर वैज्ञानिक रहेको दाबी गरेको छ । विरोधमा रहेका ७ दलीय मोर्चासँग वार्ता गर्न गोलबजार नगरपालिकाको ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रमुख साहको नेतृत्वमा वार्ता टोली गठन गरिएको हो । माग पूरा नभए साउन १७ गतेबाट प्रत्येक वडा कार्यालयमा तालाबन्दी गर्ने आन्दोलित दलहरुले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);