सरकारले जथाभावी कर लगाएको भन्दै जनता आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सरकारले जथाभावी कर लगाएको भन्दै जनता आक्रोशित

tax

रुपन्देही , २६ भदौ । रुपन्देही जिल्लाका स्थानीय सरकारले जथाभावी कर लगाएको भन्दै जनता आक्रोशित बनेका छन । संघीय संरचनामा देश रुपान्तरण भएसंगै तीन तहको सरकार छ । सिंहदरवारको सरकार गाउँघरमा आएपछि उत्साहित बनेका स्थानीय जनतामा निराशा र आक्रोश छाएको छ ।

विशेष गरि रुपन्देहीका गाँउपालिका, नगरपालिकाहरुलाई त जनताले करपालिका नामाकारण गर्न थालेका छन् । अहिले स्थानीय सरकारले अव्यवहारिक रुपमा कर उठाएको सर्वसाधारणहरुको गुनासो छ । रुपन्देहीमा स्थानीय सरकारले लगाएको कर फिर्ताको माग गर्दै पटकपटक बिरोधका कार्यक्रम भइरहेका छन । करको विरोधमा विभिन्न राजनीतिक दल, संघ संस्थाहरुले बिरोध गरेका हुन । विरोधपछि केही हदसम्म करको दर घटेका पनि छ । रुपन्देहीका कही नगरपालिकाका उद्योगी व्यवसायीहरुले स्थानिय सरकारले बृद्धि गरेको करले आफूहरुलाई उद्योग सञ्चालनमा समस्या परेको र निरुत्साहित गरेको गुनासो गरेका छन् ।

प्रदेशमा होईन एकै जिल्लाका विभिन्न स्थानिय तहहरुमा पनि फरक फरक करको दर तोकिएको छ । स्थानीय सरकारले जथाभावी कर लगाएको गुनासो बढेपछि करको विषयलाई लिएर प्रदेश सरकारले स्थानिय सरकारहरुसंग छलफल समेत सुरु गरेको छ । प्रदेश नम्बर ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जनार्दन पौडेले स्थानीय तहहरुको करको समायोजन र व्यवस्थापनवारे छलफल भइरहेको जानकारी दिए ।

जनार्दन पौडेल, प्रवक्ता, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश ५ 
खासगरी रुपन्देही जिल्लाका नगरपालिकाहरुले घरजग्गा कर, नक्सापास, संघसंस्था संचालन कर बढाएको छ । यसरी लागिरहेको करमा सर्वसाधारणको ढाडै भांंचिने गरी थप कर बढाएपछि सर्वसाधारणको आक्रोश बढेको हो । नगरपालिका की करपालिका ? सर्वसाधारणले भन्न थालेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);