आयश्रोत बढाउने योजनामा भन्दा कर बढाउनेमा केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आयश्रोत बढाउने योजनामा भन्दा कर बढाउनेमा केन्द्रित

tax

पुष्कर भट्ट,
कञ्चनपुर, २६ भदौ । स्थानीय सरकार निर्वाचित भएको करिव डेढ बर्ष पुगेको छ । आयश्रोत बढाउने योजनामा भन्दा स्थानीय सरकार कर बढाउनेमा केन्द्रित देखिन्छ । ढाडसेक्ने गरि कर बृद्धि गरेको भन्दै कंचनपुरका स्थानीय वासिन्दा स्थानीय सरकारप्रति आक्रोसि भएका छन ।

प्रदेश ७ अन्तर्गत कंचनपुरका स्थानीय सरकारले कर बढाएको स्थानीय जनतालाई पटक्कै मन परेको छैन । जनताको आयश्रोत बढाउने कार्यक्रम नल्याएको तर कर भने बढाउको भन्दै स्थानीय वासिन्दा नगरपालिकाको कार्यशैलीप्रति रिसाएका छन । बाटो घोटो, टेलिफोन, इन्टरनेट सेवा, रोजगारमूलक कार्यक्रम केही नल्याएको तर जनताको ढाड सेक्नेगरी करको दर बढाएको भन्दै स्थानीय सरकारको विरोध भइरहेको छ । बिगतका भन्दा दोब्बर तेब्बरका हिसाबले करमा बृद्धि गरिएको छ । जनताबाट लिईएको कर जनताका लागी सदुपयोग नभएको व्यापारी एवं सर्बसाधारण बताउछन ।

बिगतका दिनमा स्थानीय सरकार नबन्दा सडक पेटीमा ठेलागाडामा तरकारीको ब्यापार गर्ने साना ब्यवसायीले नगरपालिकालाई दैनिक २० रुपैयाका दरले फडकरका रुपमा कर तिर्ने गरेका थिए । तर स्थानीय सरकार बनिसके पछि सरकारले सोझै ३ गुणाले करमा बृद्धि गरिएको छ । यसबाट आफुहरु मार्कामा परेको ठेला ब्यवसायीको गुनासो छ ।
भिमदत्त नगरपालिकाले सवारी पार्किङ्गमा समेत भारी कर बृद्धि गरेको छ । पश्चिमी नाका गड्डाचौकी हुदै नेपाल भित्रिने भारतीय तथा बाह्य पर्यटकबाट उठाइने पार्किङ्ग शुल्क बढाइएको छ । शुल्क उठाउन नगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ । ठेकेदारले क्षेत्रअधिकार बाहिर गएर भन्सार गेट पुग्नुभन्दा पहिले नै महेन्द्र राजमार्गमै पार्किङ्ग शुल्कमा नाममा बाह्य पर्यटकबाट अबैध रुपमा पैसा असुल्ने गरेको छ ।
नगरपालिकाले राजमार्गमा पार्किङ्ग शुल्कका नाममा साना गाडीबाट १ सय ६० रुपैया र ठुला गाडीबाट ४ सय ८० रुपैयाका दरले अबैध रकर असुली गरि रहेको छ । ठेकेदारले यसरी मनोमानीढंगले पैसा उठाएकोमा पर्यटकहरु निराश छन । आफुले तिरेको कर बापतको सेवासुबिधा जनताले उपभोग गर्न नपाएको गुनासो गरेका छन । स्थानीय सरकारको कार्यशैली पारदर्शि नभएको नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाट बताउंछन ।

जथाभावी कर उठाएको भन्ने सर्वसाधारण र नागरिक समाजको बिरोधलाई नगरपालिका मान्न तयार देखिंदैन । भीमदत्त नगरपालिकाले नियम अनुरुपनै कर असुल्ने गरेको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेय बताउंछन । कंचनपुरको भीमदत्त नगरपालिकाले सवारी साधन पार्किङ्गमा मात्र नभई धेरै क्षेत्रमा कर वृद्धि गरेको छ । जसको स्थानीय बासिन्दाले चर्काे विरोध गर्दै आइरहेका छन । नगरवासीले नगरको विकास र रोजगारमुलका क्षेत्र बढाउन माग गर्दै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);