अचानक किन निकाल्यो कांग्रेसले जुलुस ? भिडियो हेर्नुहोस्: | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

अचानक किन निकाल्यो कांग्रेसले जुलुस ? भिडियो हेर्नुहोस्:

काठमाडौं, १३ भदौ । नागरिकका समस्यामा सरकारले समाधान नगर्ने र संगठितरुपमा आवाज समेत नउठ्दा नागरिकमा निराशा आइरहेको छ । तर काठमाडौंको तारकेश्वर नगरपालिकामा भने विकासको काम प्रभावकारी नभएको, भ्रष्टाचार बढेको तथा करको दर नागरिकको हैसियत अनुरुप नभएको भन्दै प्रमुख प्रतिपक्षले नागरिक जागरण अभियान नैं थालेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसले नागरिकको घर दैलो गर्दै नागरिकका समस्या बुझ्दै नगरप्रमुखको समेत ध्यानाकर्षण गराएको छ । करको दर नागरिकको क्षमता भन्दा धेरै माथि हुने तर विकासका काम नागरिक अपेक्षाको थोरै प्रतिशत मात्र  नहुने अवस्था देखेपछि प्रतिपक्षले नगरप्रमुख रामेश्वर बोहोरालाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गरेको छ ।

भिडियो हेर्नुहोस्:

ज्ञापनपत्रमा करको दर होइन दायरा वृद्धि, मालपोत कर, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस आदिमा लिने गैरकर शुल्क खारेज गरी पुरानै दररेट लागू गर्न तथा पैतृक सम्पत्ति बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर हटाउन, सडक किनारामा तत्कालीन मापदण्ड अनुरुप घर बनाई बसेका जनताको तत्कालीन मापदण्ड अनुरुप नै अद्यावधिक निर्माण सम्पन्न प्रमाणपत्र दिर्ने, नगरपालिका क्षेत्रमा कायम गरिएको मध्यवर्ती क्षेत्रको सिमालाई घटाएर निकुन्ज क्षेत्रबाट तीसय मिटर कायम गर्न माग गरिएको छ ।

देश तीन तहको संघीय साशन प्राणलीमा गएपछि नागरिकको घर दैलोको सरकार भनेको स्थानीय सरकार हो । तर, नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकराले लगाएको कर अस्वभाविक भएको भन्दै नागरिकबाटै विरोध भइरहेको छ । घरजग्गाको मूल्यांकन बढाएर कतिपय स्थानीय तहले २५ सय प्रतिशतसम्म घरजग्गा कर तथा अन्यकर बृद्धि गरेका छन् ।

नागरिक स्तरबाट यसको विरोध भएपनि प्रमुख राजनीतिक दलहरु नागरिकको विरोधमा जोडिएका थिएनन् । बुधबार भने काठमाडौंकै नगरपालिकामा नागरिकको घरदैलो गर्दै कांग्रेसले स्थानीय सरकारलाई ज्ञापन दिएको हो । ज्ञापपत्र बुझेर स्थानीय सरकारको नेतृत्वकर्ता नगरप्रमुख बोहोराले अहिलेसम्मका कमी कमजोरी सुधार गर्दै साँच्चिकै जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);