करको दर र अन्तशुल्क घटाउने सरकारको निर्णयप्रति व्यवसायीहरुको स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

करको दर र अन्तशुल्क घटाउने सरकारको निर्णयप्रति व्यवसायीहरुको स्वागत

काठमाडाैं, १६ असाेज । व्यवसायीहरुले करको दर र अन्तशुल्क घटाउने सरकारको निर्णयको स्वागत गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करको दर र अन्तशुल्क घटाउने गरेको निर्णयको व्यवसायीहरुले स्वागत गरेका हुन् । यो निर्णय य बिहीबार नै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।

खासगरी विद्युतीय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो । तर र फेरी अन्तशुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागत योग्य भनेका छन् । यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढ्ने बताउनुभयो ।

अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढ्ने हुँदा राजस्व पनि बढ्ने उहाँको भनाई छ । व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवश्यकता रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);