Our Network

मंसिर १३ २०७८, सोमबार

‘संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव’

काठमाडौं, ८ भदौ । व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धी संघीय ऐन अनुरुप प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् ।

संसदको अर्थसमितिको आईतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योगी व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोक कुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिनुभएको हो ।

सभापति तोदीले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जादा सहज वातावरण बनाउने तर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।