नेकपाभित्रको कलहले सबैदलका कार्यकर्ताको शिर निहुरियो : सांसद रायमाझी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाभित्रको कलहले सबैदलका कार्यकर्ताको शिर निहुरियो : सांसद रायमाझी

rameshjung rayamajhi

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले नेकपा भित्रको आन्तरिक कलहले सबै राजनीतिक दलका कार्यकर्ताको शिर निहुरिएको दाबी गर्नु भएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकको बिशेष समयमा सांसद रायमाझीले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्वादले सबैदलका कार्यकर्ताको शिर निहुरिएको बताउनु भयो । उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेलामा दुई नेताबीचको सम्वादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।

यसैगरी बेठकमा नेकपाका सांसद सांसद बलराम बास्कोटाले पूर्व युवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय बिमंस्थालामा प्रहरी माथि गरेको दुर्ब्यबहारमा सरकार चुप लागेर बसेको भन्दै रोष प्रकट गर्नु भयो ।

विशेष समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);