सरकारले विकास निर्माणको काम अघि बढाउन नसकेको नेकपाका सांसदकै असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले विकास निर्माणको काम अघि बढाउन नसकेको नेकपाका सांसदकै असन्तुष्टि

bikash samiti-nekapa samsad

काठमाडौं, ४ असार । सरकारले बिकास निर्माणको कामलाई अघि बढाउन आवश्यक वाताबरण बनाउन नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन ।

संसदको बिकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद गौरी शंकर चौधरीले गिटी, ढुंगा र बालुवा जेठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुप्रै विकास निर्माणको कामहरु अलपत्र परेको भन्दै सरकारको आलोचना गर्नु भयो ।

नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोही अनुसारको वातावरण बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरुबाट असारमा पनि निकाल्न मिल्ने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा समितिकी सभापति कल्याणी खड्काले क्षमतानै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाई हुने गरेको भन्दै त्यसो नगर्न सरकारलाई निर्देशन दिनुभयो ।

संघीय संसदको विकास तथा प्रविधि समितिले विकास, निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन पनि सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);