बुढीगण्डकी आयोजना बारे सांसदद्वारा सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुढीगण्डकी आयोजना बारे सांसदद्वारा सरकारको आलोचना

samsadh

काठमाडौं, १४ जेठ । सत्तारुढ दल नेकपाका सांसदहरुले नै बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलबार बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सत्तारुढ नेकपाकी सांसद राधा ज्ञवालीले सरकारले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको काम अहिलेसम्म पनि अघि बढाउन नसकेकोमा आपत्ति जनाउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन सरकारसँग माग गर्नु भयो ।

त्यसैगरी सत्तारुढ दलकै सांसद भूमि त्रिपाठीले पनि जलविद्युत आयोजनाहरुको काम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गर्नु भयो ।

सांसद पाल्देन छेवाङले बुढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनतालाई जग्गाको मुआब्जा वितरण गर्ने काम तत्काल सुरु गर्न माग गर्नुभयो ।

सरकारले राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजनाको काम हालसम्म पनि अघि बढाउन नसकेपछि सत्तारुढ दलकै सांसदहरु सरकारविरुद्ध खनिएका हुन् । उनीहरुले नलसिङ गार्ड जलविद्युत आयोजनाको कामलाई अघि बढाउन पनि सरकारलाई दवाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);