मोदीको निम्ता स्वीकार गर्दै प्रम ओली बिहीवार भारत जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोदीको निम्ता स्वीकार गर्दै प्रम ओली बिहीवार भारत जाँदै

pm kp sharma oli

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जानुहुने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि प्रधानमन्त्री ओली दिल्ली जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली सपथ ग्रहण कार्यक्रममा सहभागी भएर शुक्रवार स्वदेश फर्कनुहुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग शुक्रवार बिहान विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । लोकसभा निर्वाचनमा मोदीको पार्टी भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३सय ५२ सिट प्राप्त गरेको छ भने भाजपाले मात्र ३सय३ सिट प्राप्त गरेको छ । विजयी भएलगत्तै गत शनिबार मोदी संसदीय दलको नेता चयन भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);